यहीं १५ अप्रिल २०२३, शनिवारका दिन नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन.सी.एन.सी) द्वारा अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित टाउन अफ मोरिस्भिलमा सातौँ नेपाल डे भव्यताका साथ आयोजना गरिएको छ। टाउन अफ मोरिस्भिलका मेयर टि. जे. कउली तथा नर्थ क्यरोलाइना राज्यका एशियाली मूलकी संसद सदस्य मारिया सर्भानियाद्वारा संयुक्त रूपमा उदघाटित उक्त कार्यक्रममा विशेष अतिथि स्टेट सेक्रेटरि इलेन मार्शल, वेक काउन्टीका कमिस्नर सेरिल स्टलइन्ग्स, टाउन अफ मोरिस्भिलका पूर्व मेयर मार्क स्टलम्यान, उपमेयर लिज़ जोन्सन, काउन्सिलम्यानद्वय स्टीव राव तथा सतिश गरिमेला लगायतका सरकारी प्रतिनिधिहरुको उपस्थिती थियो। एन.सी.एन.सी. का अध्यक्ष आर पी पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एन.आर.एन ए. आइसीसीका महासचिव डा. केशव पौडेल, नेपालका पूर्व सांसद ऋषिकेश तिवारी लगायत स्थानीय संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रममा आगन्तुक वक्ताहरूले नयाँ वर्षको शुभकामना दिँदै कार्यक्रम आयोजना गरेकोमा एन.सी.एन.सीलाई धन्यवाद दिनु भएको थियो।

करिब १२ सय सहभागीहरुको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रमको शुरुवात पन्चकन्या र कुमारी सहितको सांस्कृतिक झाँकी एवं विभिन्न नेपाली परम्परागत भेषभूषामा सजिएका सहभागीहरुको परेड मार्फत भएको थियो। स्थानीय मोरिसभिलस्थित चर्च स्ट्रिट पार्कमा आयोजित सो कार्यक्रममा विविध नेपाली परिकारका स्टलहरुका साथै स्थानीय व्यवसायी तथा विभिन्न गैरसरकारी संस्थाहरुको स्टल समावेश थियो। नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर आयोजित उक्त कार्यक्रममा नेपाली मूलका विद्यार्थी स्वागत अधिकारीलाई $१५०० राशीको सुजनपरिता छात्रवृत्ति प्रदान गरिएको थियो। कार्यक्रममा नेवारी बौद्ध समुदायको परम्परागत चर्या नृत्यसँगै विभिन्न जातजातिको प्रतिनिधित्व गर्ने विविध सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो।

‘नर्थ क्यारोलाइनावासी नेपालीहरुको अपार उपस्थितिले सातौँ नेपाल डे लाई भव्य रूपमा सम्पन्न गर्न मद्दत गरेको छ। यो उपस्थितिले हामीलाई आगामी दिनहरुमा हाम्रा कार्यक्रमहरुलाई अझै सशक्त र प्रभावकारी बनाउने प्रेरणा मिलेको छ।’ एन.सि.एन.सिका महासचिव डा. विकास शाक्यले भने, ‘विगतका नेपाल डे मा भन्दा बढी गुणस्तरीय एवं व्यवस्थित कार्यक्रम पस्कन सकेकामा हामी गौरवान्वित छौं। ’ कार्यक्रम सफल बनाउनका निम्ति सबैले दिएको सहयोगप्रति आभारी रहेको पनि आयोजकले जनाएको छ। ‘प्रवासमा नेपाली मौलिक संस्कृतिलाई जीवन्त राख्न र अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न नेपाल परेड गर्दै आएको हो’ एन.सि.एन.सिका अध्यक्ष आरपी पौडेलले भने, ‘यस किसिमको कार्यक्रमले प्रवासमा जन्मेका नेपाली मूलको दोस्रो पुस्तालाई नेपालसँग जोडिराख्न र नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने छ।’ अमेरिकामा पछिल्लो समय नेपालीको बाक्लो बस्ती रहेको राज्यहरु न्युयोर्क, नर्थक्यारोलिना, क्यालिफोर्निया लगायतका राज्यहरुमा वर्सेनी नेपाल डे मनाइदै आइरहेको छ।

कार्यक्रममा आयोजक कमिटीका चेयर डा. बटु शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली समुदायले आरटीपी क्षेत्रको विविधता र विकासमा ठूलो योगदान दिएको बताउनुभयो। कार्यक्रममा युवा नेतृ हिसी उलकले अमेरिकी विश्वोविद्यालयमा दक्षिण एशियाली मूलको विद्यार्थी नेतृका रूपमा आफ्ना अनुभव र चुनौतीका बारेमा आफ्नो मन्तव्य राख्नुभएको थियो ।

नर्थ क्यारोलिनामा नेपाली समुदायले विगत सन् २०१७ देखि मनाउदै आएको नेपाल डे परेड कार्यक्रमलाई स्थानीय मोरिसभिल टाउन र वेक काउन्टीले अप्रिल महिनाको तेस्रो शनिबारको दिन ”नेपाल डे” को रुपमा मान्यता दिंदै आएको छ ।

April 06, 2023

Nepal Center of North Carolina Announces 7th Nepal Day Event in Morrisville

Morrisville, North Carolina – Nepal Center of North Carolina (NCNC), a 501(c)(3) non-profit organization committed to preserving and promoting Nepali culture and tradition, is excited to announce the 7th Nepal Day event to celebrate Nepali New Year 2080 BS. The event will take place on April 15th, 2023, at Church Street Park in Morrisville.

The event will commence with a parade around the Cricket Pitch in the Church Street Park, with over 700 participants expected to join. The parade will showcase a range of Nepali ethnic costumes, traditional musical instruments and other cultural displays. The Secretary of State Elaine Marshall will be the guest of honor at the event and will inaugurate the parade. The event is of historic significance to people of Nepali origin living in North Carolina. Both Wake County and the Town of Morrisville have proclaimed the third Saturday of April as Nepal Day.

The day-long celebrations at the park will feature Nepali food stalls, cultural booths, and displays from local organizations and businesses. There will also be traditional Nepali dances, songs, and cultural activities, including showcasing traditional Nepali attire. 

“We are thrilled to host the 7th Nepal Day event and celebrate the Nepali New Year with the local community”, said Ram Paudel, President of NCNC. “This event is an excellent opportunity for us to showcase the rich heritage and diversity of the Nepali community. It also demonstrates cooperation and unity among the people of Nepali origin in North Carolina.”

The program is open to the public, and NC state and local Government officials including Wake County Board of Commissioners, officials from the Town of Morrisville, and surrounding towns of Cary, Raleigh, Durham, and Apex are expected to attend the parade and the Nepal Day celebration program.

“We are honored to have the support of the local government officials and we hope to continue to build strong relationships with the community” added Mr. Paudel.

About Nepal Center of North Carolina

Established in 1999, NCNC is a non-profit organization with a mission to preserve and promote Nepali culture and tradition and to facilitate cooperation between the residents of Nepal and North Carolina. It has been involved in local communities through participating in social programs like International festivals, blood donation, Adopt-A-Highway since its inception 24 years ago. For more details, please visit www.ncnepal.org

For media inquires, please contact:

Bikash Shakya, PhD, 

Executive Secretary

Phone: 765-464-9310 

Email: ncnc@ncnepal.org

नर्थ क्यारोलाइनामा हाम्रो सामाजिक संस्था NCNC ले विगत २२ वर्ष भन्दा बढी समयदेखि हाम्रो समुदायलाई महत्वपूर्ण सेवा दिइरहेको कुरा यहाँहरुलाई विदितै छ। साथै, विगत एक दशकको अवधिमा धेरै पटक प्रयास गर्दा पनि आजसम्म NCNC को कार्यालय संचालन गर्ने, सानै भए पनि सामुदायिक केन्द्र बनाउने र नेपाली कला र संस्कृतिको प्रबर्धनका लागि नेपाली पाठशाला चलाउन मिल्ने गरी NCNC को आफ्नै स्थायी ठेगानाका निम्ति घर-जग्गा किन्न खोजेको, तर नसकेको कुरा पनि सर्वविदितै छ। 

हालै मात्र हाम्रा NCNC का केही वरिष्ठ सदस्यहरूको सहयोगमा मोरिसभिलको Downtown अति पायक पर्ने स्थानमा, ०.९ एकड़ को घर-जग्गा $५५०,००० मा किन्नका निम्ति NCNC ले करारनामा (contract) समेत गरेको र खरिद गर्न  तत्परताका साथ अघि बढेको सहर्ष जानकारी गराउन चाहन्छौँ।  

उपरोक्त जग्गामा हाल तीन ओटा पुराना घरहरु भएको र यी मध्ये १ वा २ घरलाई मर्मत गरी तत्काल NCNC लगायत अन्य स्थानीय नेपाली संस्थाहरुको कार्यालय प्रयोजन तथा meeting का निम्ति प्रयोग गर्न मिल्ने सम्भावना देखिन्छ। साथै

यथास्थितिमा यी घरहरूमा NCNC का सामानहरु/कागजातहरू भण्डारण गर्न र NCNC को भौतिक ठेगाना कायम राख्न प्रयोग गर्न सकिने देखिन्छ। यसका अलावा सो जग्गाको मोहोडा दुवै Page St र Church St मा भएको तथा Morrisville Unified Development Ordinance का अनुसार जग्गाको हालको Zoning category (TCR/Town Center Residential) भित्र सामुदायिक केन्द्र तथा/वा धार्मिक मठ-मन्दिर दुवै बनाउन र/वा नेपाली पाठशाला संचालन गर्ने अनुमति पाउन सक्ने ब्यहोरा अनुरोध छ। भविष्यमा संगै जोडिएको जग्गा किनेर संरचना विस्तार गर्ने सम्भावना पनि रहेको छ।   

उपरोक्त घर-जग्गा खरिद गर्न NCNC को खातामा विभिन्न शिर्षकमा रहेको सिमित रकम मात्र खर्च गर्न सकिने, NCNC ले तुरुन्तै ऋण लिन असम्भव जस्तै भएको र करारनामा अनुसारको रकम डिसेम्बर २०२२ भित्रै जम्मा गर्न पर्ने भएकाले, यो घर-जग्गा खरिद गर्न यहाँहरुमा स्वेच्छिक आर्थिक सहयोग (donation) अनुरोध गरेका छौ। दाताहरुलाई निम्नानुसार सामुदायिक केन्द्रको संस्थापक दाता/सदस्य (Founding donor/member) का रूपमा सम्मानित गर्दै उहाँहरुको नामावली भवनको शिलालेख अथवा ताम्रपत्र तथा NCNC website मा निम्नानुसार उल्लेख गरिनेछ। साथै संस्थापक सदस्यहरु मध्येबाट वार्षिक साधारण सभा मार्फत केही सदस्यहरुलाई संस्थाको Board of Trustees मा समावेश गरिनेछ।

Property description (1)

अतिरिक्त जिज्ञासाको लागि  NCNC-BOD, Trustee वा Community Center Committee लाई सम्पर्क गर्नु हुन अनुरोध छ।  सधन्यबाद सहित। 

विनित, 

नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (NCNC)

Nepal Center of North Carolina, Inc. (NCNC) is going to celebrate the sixth Nepal Day on Saturday, April 16 in Morrisville, North Carolina. A parade expected of more than 700 people will march around the Cricket Pitch in the Church Street Park in Morrisville and culminate into Nepali New Year 2079 and Nepal Day celebrations at the park. Kumar Kharel, Deputy Chief of Mission (Embassy of Nepal Washington D.C.) will inaugurate the parade that will showcase a range of Nepali ethnic costumes, traditional musical instruments, and other cultural displays. The day-long celebrations at the park will also feature Nepali food stalls and displays from local organizations and businesses.
NC State Government officials including Secretary of State Elaine Marshall, Attorney General Josh Stein, Senator Wiley Nickel, Senator Jay Chaudhuri, Wake County Board of Commissioners, town officials from the Town of Morrisville and the surrounding towns of Cary, Raleigh, Durham, and Apex, are expected to attend the parade and the Nepal Day celebration program. Nepali community organizations from the neighboring areas and from other states are also taking part in the parade and celebrations. The program is open to the public and bears historic significance to people of Nepali origin living in North Carolina.
Wake County and the Town of Morrisville both have declared the third Saturday of April as Nepal Day. Copies of the proclamations to this effect are attached herein for easy reference.
NCNC is a 501(c) (3) non-profit organization with the mission to preserve and promote Nepali culture and tradition, and to facilitate cooperation between the residents of Nepal and North Carolina. NCNC has been involved in local communities through participating in social programs like international festival, blood donation, Adopt-A-Highway since its inception 22 years ago.

Contact: Bikash Shakya, PhD.
Executive Secretary
Phone: 765-464-9310
Email: ncnc@ncnepal.org

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,

विश्वभरी महामारीको रुपमा फैलिएको नोबेल कोरोनाभाईरस (COVID-19) को संक्रमण पछिल्लो समय नर्थ क्यारोलाइनामा पनि बढ्न थालेको छ ।यसले हाम्रो दैनिक क्रियाकलापहरूलाइ नराम्ररी प्रभावित पारेको छ । यस विषम परिस्थितिमा हामी सबै एकजुट भएर एक अर्कालाइ सहयोग गर्दै बर्तमान परिस्थितिसंग जुध्नु पर्ने अवस्था सिर्जना भएको छ।यसै सन्दर्भमा NCNC को आपतकालीन बैठक हिजो सम्पन्न भयो। नोबेल कोरोनाभाईरसका कारण सिर्जित बिकराल परिस्थितिले नेपाली समुदायमा पार्न सक्ने स्वास्थ्य सम्बन्धी असर मात्र नभई आर्थिक, मानसिक लगायत अन्य असरहरू र ती सम्भावित असरहरूसंग जुध्न र तिनलाई कम गर्न NCNC को भूमिकाको बारेमा छलफल गरी यस संकटको घडीमा संयमपूर्वक समुदायको हितमा काम गर्नको लागि एक कार्ययाजना समेत तयार परिएको छ । उक्त बैठकले COVID-19 को संक्रमणबाट नेपाली समुदायलाई पर्न सक्ने आर्थिक संकटलाइ मध्यनजर गर्दै तत्कालका लागि ३,००० डलरको “NCNC COVID-19 विशेष कोष” स्थापना गर्ने निर्णय गरेको छ। आवश्यकता अनुसार यो रकम वृद्धि हुने छ। COVID-19 को प्रभावका कारण जटिल आर्थिक अवस्थामा पुग्नु भएका नेपालीहरूको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामान खरिदका लागि उक्त रकम प्रयोग गरिनेछ । यसका अतिरिक्त NCNC नेतृत्वले नेपाली दुतावास, एन आर एन, स्थानीय सिटी, काउन्टी र स्टेट सरकारसंग पनि आवस्यक समन्वय गरिरहेको छ । NCNC बोर्डले परिस्थितिको नियमित रुपमा मुल्यांकन गरिरहेको छ । विपदको यस घडीमा हामी सबै मिलेर यसको सामना गर्न हाम्रो लागि हाम्रो समुदाय छ भन्ने महसुस गराउनको लागि NCNC सदा तत्पर रहने छ ।

नोबेल कोरोनाभाईरसका कारण तपाई आर्थिक लगायत कुनै पनि समस्यामा पर्नु भएको छ भने तल उल्लेखित NCNC का कुनै पनि पदाधिकारीहरू वा Community Volunteer लाइ सम्पर्क गर्न हुन NCNC हार्दिक अपिल गर्दछ।हाम्रो समुदायका कोही व्यक्तिलाई सहयोग चाहिएको महसुस भएको छ भने सो पनि हामीलाई जानकारी दिनुहुन हामी समुदायका सदस्यहरूलाई अनुरोध गर्दछौं । संकटको बेला मानवीय सहयोग प्राप्त गर्नको लागि NCNC को सदस्य हुनै पर्ने प्राबधान नरहेको पनि NCNC प्रस्ट पार्न चाहन्छ । NCNC को नेतृत्व र समन्वयमा प्रभावकारी ढंगले सेवा प्रदान गर्नको लागि अझ के गर्न सकिन्छ? यहाँहरूको केही व्याबहारिक सल्लाह सुझाव छन् भने पनि हाम्रा पदाधिकारीहरूलाई जानकारी दिनुहुन हामी हार्दिक अनुरोध छ ।

संयम अपनाउँ, संकटको मिलेर सामना गरौं ।

थप जानकारी र सहयोगको लागि सम्पर्क व्यक्तिहरू:

NCNC Executive Team:

Rabindra Karki: 919-539-9954
RP Poudel: 919-798-9297
Kamal Kafle: 919-348-0712
Yogendra Gautam: 919-561-2140
Ananda Ghimire: 919-454-1645
Shiva Bhattarai: 919-780-3126
Bhagawati Neupane: 919-637-0619
Dharma Raj Pantha: 402-312-1380
Laxmi Nath Poudel: 919-279-0068
Prem Kumar Pradhan: 919-656-2218
John Poudel: 952-210-1116

Community Volunteers:

Kulananda Sharma ,President (NRN-NC Chapter): 919-272-0327
Sudan Thapa: 214-679-3907
Pooja Nepal: 919-793-8496
Suman Osti: 773-386-4006
Mohan Pahadi: 912-398-1042
Sita Baral: 919-946-4871
Tripti Belbase Swar: 923-237-0142
Sudan Gaire: 571-242-2509

भबदिय,
Nepal Center of North Carolina, Inc.

NCNC to celebrate the third Nepal Day on April 20
Nepal Center of North Carolina, Inc. (NCNC) is going to celebrate the third Nepal Day on Saturday, April 20 in Morrisville, North Carolina. A parade expected of more than 700 people will march down the street from Cedar Fork Community Center to Church Street Park in Morrisville and culminate into Nepali New Year 2076 and Nepal Day celebrations at the park. Nepali Ambassador to the United States His Excellency Dr. Arjun Kumar Karki will inaugurate the parade that will showcase a range of Nepali ethnic costumes, traditional musical instruments, and other cultural displays. The day-long celebrations at the park will also feature Nepali food stalls, blood-drive, and displays from local organizations and businesses.
NC State officials including the governor of North Carolina, Wake County Board of Commissions Chair Jessica Holmes, town officials from the Town of Morrisville and the surrounding towns of Cary, Raleigh, Durham, and Apex, are expected to attend the parade and the Nepal Day celebration program. Nepali community organizations from the neighboring areas and from other states are also taking part in the parade and celebrations. The program is open to public and bears historic significance to people of Nepali origin living in North Carolina.
The Wake County and the Town of Morrisville both have declared the third Saturday of April as Nepal Day. Copies of the proclamations to this effect are attached herein for easy reference.
NCNC is a 501(c) (3) non-profit organization with the mission to preserve and promote Nepali culture and tradition, and to facilitate cooperation between the residents of Nepal and North Carolina. NCNC has been involved in local communities through participating in social programs like international festival, blood donation, Adopt-A-Highway since its inception 19 years ago.

Watch the the promotional video here

Dear Community Members:     The 18th issue of our annual magazine SANGALO was released during DASHAIN celebration last Saturday and is available for you. Several members were able to pick their copy during the DASHAIN celebration. If you could not make it, Please download your copy here  here

Please Click here to view/download the “Bhitte Patro 2075”

NCNC Membership Form 2018_19

You can fill out the form and hand it over to any of the BOD members