नर्थ क्यारोलाइनामा हाम्रो सामाजिक संस्था NCNC ले विगत २२ वर्ष भन्दा बढी समयदेखि हाम्रो समुदायलाई महत्वपूर्ण सेवा दिइरहेको कुरा यहाँहरुलाई विदितै छ। साथै, विगत एक दशकको अवधिमा धेरै पटक प्रयास गर्दा पनि आजसम्म NCNC को कार्यालय संचालन गर्ने, सानै भए पनि सामुदायिक केन्द्र बनाउने र नेपाली कला र संस्कृतिको प्रबर्धनका लागि नेपाली पाठशाला चलाउन मिल्ने गरी NCNC को आफ्नै स्थायी ठेगानाका निम्ति घर-जग्गा किन्न खोजेको, तर नसकेको कुरा पनि सर्वविदितै छ। 

हालै मात्र हाम्रा NCNC का केही वरिष्ठ सदस्यहरूको सहयोगमा मोरिसभिलको Downtown अति पायक पर्ने स्थानमा, ०.९ एकड़ को घर-जग्गा $५५०,००० मा किन्नका निम्ति NCNC ले करारनामा (contract) समेत गरेको र खरिद गर्न  तत्परताका साथ अघि बढेको सहर्ष जानकारी गराउन चाहन्छौँ।  

उपरोक्त जग्गामा हाल तीन ओटा पुराना घरहरु भएको र यी मध्ये १ वा २ घरलाई मर्मत गरी तत्काल NCNC लगायत अन्य स्थानीय नेपाली संस्थाहरुको कार्यालय प्रयोजन तथा meeting का निम्ति प्रयोग गर्न मिल्ने सम्भावना देखिन्छ। साथै

यथास्थितिमा यी घरहरूमा NCNC का सामानहरु/कागजातहरू भण्डारण गर्न र NCNC को भौतिक ठेगाना कायम राख्न प्रयोग गर्न सकिने देखिन्छ। यसका अलावा सो जग्गाको मोहोडा दुवै Page St र Church St मा भएको तथा Morrisville Unified Development Ordinance का अनुसार जग्गाको हालको Zoning category (TCR/Town Center Residential) भित्र सामुदायिक केन्द्र तथा/वा धार्मिक मठ-मन्दिर दुवै बनाउन र/वा नेपाली पाठशाला संचालन गर्ने अनुमति पाउन सक्ने ब्यहोरा अनुरोध छ। भविष्यमा संगै जोडिएको जग्गा किनेर संरचना विस्तार गर्ने सम्भावना पनि रहेको छ।   

उपरोक्त घर-जग्गा खरिद गर्न NCNC को खातामा विभिन्न शिर्षकमा रहेको सिमित रकम मात्र खर्च गर्न सकिने, NCNC ले तुरुन्तै ऋण लिन असम्भव जस्तै भएको र करारनामा अनुसारको रकम डिसेम्बर २०२२ भित्रै जम्मा गर्न पर्ने भएकाले, यो घर-जग्गा खरिद गर्न यहाँहरुमा स्वेच्छिक आर्थिक सहयोग (donation) अनुरोध गरेका छौ। दाताहरुलाई निम्नानुसार सामुदायिक केन्द्रको संस्थापक दाता/सदस्य (Founding donor/member) का रूपमा सम्मानित गर्दै उहाँहरुको नामावली भवनको शिलालेख अथवा ताम्रपत्र तथा NCNC website मा निम्नानुसार उल्लेख गरिनेछ। साथै संस्थापक सदस्यहरु मध्येबाट वार्षिक साधारण सभा मार्फत केही सदस्यहरुलाई संस्थाको Board of Trustees मा समावेश गरिनेछ।

Property description (1)

अतिरिक्त जिज्ञासाको लागि  NCNC-BOD, Trustee वा Community Center Committee लाई सम्पर्क गर्नु हुन अनुरोध छ।  सधन्यबाद सहित। 

विनित, 

नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (NCNC)